पशुपतिनाथको मन्दिरको बारेमा ११ रोचक तथ्य- भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो ?

१०. पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’को मूर्ती रहेको छ। यस मूर्तीलाई नेपालमा ‘कलिको मूर्ती’ भनेर पनि चिनिन्छ। नेपालको पुराना मूर्तीहरूमध्ये यो मूर्ती पनि एक हो। विरुपाक्षलाई भगवान शिवको मानवरूप पनि मानिन्छ।
यो मूर्ती जमीनको सतहबाट बिस्तारै माथि सर्दै आइरहेको बताइने गरेको छ। जब यो मूर्ती जमीनबाट पूर्णरूपमा माथि आउँदछ, तब यो संसारको अन्त्य हुने विश्वास गरिन्छ। यानिकी कलियुगको अन्त्य हुने विश्वास गरिन्छ।समयको चक्रसँगै कलियुगपछि सत्ययुगमा यो मूर्ती पूर्णरूपमा जमीनमुनि पुरिन्छ र फेरि बिस्तारै बिस्तारै माथि सर्दै प्रक्रिया दोहोरिने विश्वास गरिन्छ।
११. बि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक-वैदिक-वास्तु शक्ति’ (शिव कथत भूतत्व-विज्ञान)को कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो। त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues