काठमाडौँमा के–के हुन्छ यो भिडियो हेरे पुग्ने भो !

काठमाडौँ, ९ वैशाख, सौगात मल्ल अभिनित चलचित्र लुकामारीको पहिलो गीत आज सार्वजनिक गरिएको छ । धर्मेन्द्र सेवानले गाएको 'काठमाडौँमा...' बोलको गीतको भिडियो आज युट्युवमार्फत सार्वजनिक गरिएको हो । यो गीतको शब्द रचना विकास सिलवाल र विमल गौतमले गरेका छन् भने विकास सिलवालको संगीत रहेको छ । भिडियोमा काठमाडौँको फोहोर, भिडभाड, लुछाचुडी, अभाव लगायतका विषयलाई देखाउने प्रयास गरिएको छ ।

श्रीराम दाहालले निर्देशन गरेको लुकामारीमा यो पटक सौगात मल्लको युनिक गेटअप देख्न पाइने बताइएको छ । यसअघि नै पोष्टर सार्वजनिक गरेर सौगातको रुपलाई भने सार्वजनिक गरिएको थियो । फिल्ममा सौगातसँगै कर्मा, बिक्रम सिंह थारु, सुरविना कार्की, रिश्ता बस्नेत, कृष्णभक्त महर्जन लगायतको मुख्य अभिनय रहेको निर्देशक दाहालले बताए । निर्देशक दाहालकै कथामा बनेको 'लुकामारी' को पटकथा निर्माण विनोद खतिवडाले गरेका हुन् भने उनले सहनिर्देशकको भूमिका पनि निर्वाह गरेका छन् । सुसन प्रजापतिले छायाङ्कन गरेका दृश्यलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् । सुरजमान सिंह भण्डारी मुख्य निर्माता रहेको 'लुकामरी' असार १० गतेदेखि देशभर प्रदर्शनमा आउने निर्देशक दाहालले जानकारी दिए ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues