बाँदरलाई थापेको धरापमा परी बालकको ज्यान गयो

खोटाङ, ९ चैत । बाँदरलाई थापेको धरापमा परी खोटाङमा बालकको ज्यान गएको छ । बाँदर मार्न जङ्गलमा थापिएको धरापले किचेर च्यास्मिटार–४ का दिलकुमार राईका नौ वर्षीय छोरा प्रकाश राईको ज्यान गएको हो ।
गाई चराउन जङ्गल गएका बालकको सोमबार दिउँसो धरापले किच्दा घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार गाउँमा बाँदरले दुःख दिएपछि घरदेखि केही टाढा पर्ने जङ्गलमा धराप थापिएको थियो ।
धरापमा परेर मरेका बालकको शव परीक्षण गर्न जिल्ला अस्पताल खोटाङ ल्याइँदैछ । घटनाको अनुसन्धान गर्न कार्यालयबाट आज बिहान प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।
-

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues