तारा एअरलाइन्स दुर्घटनामा ज्यान गुमायाका पाइलटकी छोरीले भनिन्–हामीलाई शोक, मिडियालाई ब्रेकिङ्ग न्युज ! >>>>>>>>>>>>>>>>>>>>>>>>>>>see

बुधबार विहानै एकाएक मिडियाहरुमा एउटा दुखद खवर फैलियो, ‘तारा एयरको विमानसँग विमानस्थलसँगको संचार सम्पर्क टुट्यो ।’ पोखराबाट जोमसोमतर्फ उडेको उक्त विमान हराएको खवर पाउने वित्तिकै पाइलट रोशन मानन्धरको घरमा रुवाबासी चल्यो । तैपनि खवर सत्य नहोला कि भन्दै उनिहरुले तारा एयरको काठमाडौ कार्यालयमा सम्पर्क गरे । तारा एयरले पनि विमान हराएको खवरको पुष्टि ग-यो । खवर पाएपछि मानन्धरको घरमा झनै रुवावासी चल्न थाल्यो । र, विस्तारै उनको डल्लुस्थित आवासमा आफन्तहरु आउने क्रम बढ्यो । बुधवार डल्लुस्थित मानन्धरको आवासमा नेपालपाटी डट कम प्रतिनिधी यसिमा महत र श्लोक मानन्धर पुग्दा त्यहाँ सन्नाटा छाएको थियो । शोकको यो घडिमा उनको परिवारसँग कुरा गर्न त्यति सहज थिएन । हामीलाई घरभित्र पस्न असहज लागिरहेको थियो । तैपनि हामीले मुख खोल्यौँ । कोही स्थानियले भित्र खवर पु¥याइदिएपछि घरभित्रबाट निस्किन् छोरी रुपमा । रुवाईले गर्दा उनको अनुहार सुन्निएको देखिन्थ्यो । हामीले रुपमालाई उनका पिताका बारेमा केही भन्न भन्यौँ , तव उनले हामीलाई नै सोधिन् ,’के घट्नामा सबै वितेकै हुन् र ?’ हामीसँग उत्तर थिएन तर प्रश्नहरु थिए । तब उनले एउटा गम्भिर विषय उठाइन्, ‘हामीलाई यत्रो शोक छ , मिडियालाई भने ब्रेकिङ्ग न्युज !’
‘के घट्नामा सबै वितेकै हुन् र ?’ हामीसँग उत्तर थिएन तर प्रश्नहरु थिए । तब उनले एउटा गम्भिर विषय उठाइन्, ‘हामीलाई यत्रो शोक छ , मिडियालाई भने ब्रेकिङ्ग न्युज !’

रुपमाका अनुसार पाइलट रोशन अनुभवी र कुशल पाइलट थिए । उनी विगत २२ वर्षदेखी उड्ययन क्षेत्रमा संलग्न थिए । रोशन अहिलेसम्म कुनै पनि सानातिना दुर्घटनामा परेका थिएनन् । चालक मानन्धर यसअघि काठमाडौ-लुक्ला विमान चलाउने गर्दथे । छोरी रुपमा आफु फेशन डिजाइनिङ्ग कोर्स सकेर जागिर खाँदैछिन् भने उनकी बहिनी उपमा फिनल्याण्डमा नर्सिङ्ग कोर्ष गर्दैछिन् । मानन्धरका एक छोरा ऋषि मानन्धर अहिले कक्षा ७ मा पढ्दै छन् । मृतक मानन्धर ५२ वर्षका थिए ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues