यस कारण स्पेनिस क्लब मार्बेलाले बिमल, अनन्त र अन्जनलाई बोलायो - See more at:
काठमाडौं, १४ फागुन । विश्व फुटबलकै प्रमुख गन्तव्य देश मानिन्छ स्पेन ।जहाँबाट विश्वका स्टार लिोनल मेस्सी, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी उत्पादन भएका छन् । यस्ता स्टार खेलाडीको उत्पादन गर्ने स्पेनले नेपाली खेलाडीलाई पनि स्थान दिएको छ ।नेपाललाई स्थान दिँदै स्पेनले राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर बिमल घर्ती मगरसहित तीनजना स्ट्राइकरलाई आफ्नो क्लबमा बोलाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बिमलले मार्बेला युनाइटेडसंग औपचारिक सम्झौता गर्दै क्लबमा आबद्ध हुने छन् भने, अनन्त र अन्जनलाई भने क्लबमा दुई महिना प्रशिक्षण दिनेछ । जसअनुसार उनीहरु तीनै जना आउँदो मार्च ५ मा स्पेन प्रस्थान गर्नेछन् ।
स्पेनमा दुई महिने प्रशिक्षणमा रहँदा उनीहरुले मार्च १३ देखि ३१ सम्म हुने मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्डको पनि भ्रमण गर्नेछन
Don't Forget To Join US Our Community