पोखराबाट जोमसोम उडेको तारा एयरको विमान बेपत्ता, चालक दलका सदस्यसहित २३ को अवस्था अज्ञात – - See more at:

१२ फागुन, पोखरा। चालक दलका सदस्यसहित २३ जना सवार तारा एयरको विमान बुधबार बिहान बेपत्ता भएको छ । बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले अनलाइनखबरलाई जानकारी दिए । कल साइन ९-AHH रहेकाे साे विमानको खोजी कार्य जारी रहेको मैनालीले बताए । खोजीमा दुईवटा हेलीकोप्टर परिचालन विमानको खोजीका लागि जोमसोमबाट नेपाली सेनाको एउटा हेलीकोप्टर परिचालन भएको जोमसोम नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी सूर्यबहादुर खत्रीले बताए । विमानको खोजीका लागि पोखराबाट निजी हेलिकोप्टर समेत परिचालन गरिएको र शंकास्पद स्थानमा खोजी भइरहेको खत्रीले बताए । तारा एयर भन्छ- यो नयाँ विमान हो तारा एयरले जनाए अनुसार हराएको यो विमान गत सेप्टेम्बरमा मात्रै खरीद गरिएको नयाँ हो । यो विमान किनेको तारा एयरका बजार प्रवन्धक भीमराज रार्इले अनलाइनखबरलाई बताए । राईका अनुसार विमानमा चालक दलका ३ सदस्यसहित १८ यात्रु थिए । तर, प्रमुख जिल्ला अधिकारी मैनालीले भने चालक दलका सदस्यसहित विमानमा २३ जना रहेको अनलाइनखबरलार्इ बताएका छन् । - 

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues