आँफु मरेर भए पनि यात्रुहरुलाई जहाज दुर्घटनाबाट बचाउने पाईलट दिनेश न्यौपाने को हुन त ? - See more at:
शुक्रबार भएको एयर काष्ठपण्डपमका पाइलट दिनेश न्यौपाने क्याप्टेन भएको एक वर्ष पनि भएको छैन। उनले विमानलाई ‘फोर्स ल्याण्डिङ’ गराउने प्रयास गरेका थिए। कालिकोटको चिलखायामा भएको दुर्घटनामा सबै ९ यात्री घाइते भए पनि क्याप्टेन दिनेश र कोपाइलट सन्तोस रानाले ज्यान गुमाउन पुगे। डोल्पा सदरमुकाम दुनैका दिनेश नेपागञ्ज बस्दै आएका थिए।निजामति सेवाबाट अवकास पाएका मानदत्त न्यौपानेका कान्छा छोरा हुन् उनी। उनका दाजु पनि हवाइक्षेत्रमै कार्यरत छन्। उनका दुई दिदी छन्।दिनेशले काठमाडौंको लिटल एन्जल एकेडेमीबाट विद्यालय तहको पढाई पुरा गरेका थिए।डोल्पाका पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले भने, ‘दिनेश भाई मसँगको भेटमा जहिले पनि डोल्पाको विकास तथा समृद्धीका लागि कुरा गरिरहन्थे। आँखामा राख्दा पनि नबिझाउने थिए।’ दिनेश सानैदेखि सहयोगी र इमान्दार स्वभावका व्यक्ति भएको उनले बताए।
झाँक्रीले भने, ‘यो एकदमै कम हुने घटना हो जहाँ पाईलट र को पाईलटको मृत्यृ भएर पनि सबै यात्रु बाँच्न सफल भएको।’
- झाँक्रीले भने, ‘यो एकदमै कम हुने घटना हो जहाँ पाईलट र को पाईलटको मृत्यृ भएर पनि सबै यात्रु बाँच्न सफल भएको।’
Don't Forget To Join US Our Community

