इजरायल जानेले प्रेमदिवसका दिनसम्ममा स्वास्थ्य परिक्षण गरिसक्न आग्रह(स्वास्थ्य संस्थाको नामसहित) - See more at:

काठमाडौँ, २९ माघ । रोजगारीका लागि इजरायलका जान लागेका कामदारले आइतबार अर्थात प्रेम दिवसका दिनसम्म स्वास्थ्य परिक्षण गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । इजरायलमा केअरगिभरका लागि छनौट भएका ६० जना (११ पुरुष,४९ महिला)ले आइतबार सम्ममा स्वास्थ्य परिक्षण गर्न विभागका प्रवक्ता जनकराज रेग्मीले बताए । लाइट नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘स्वास्थ्य परिक्षण सकिए लगत्तै परिक्षणमा पास हुनेले तालिम लिन पाउने छन् ।’ नोपाल स्थित इजरायल दूतावासले तोकेको विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गराउन विभागले आग्रह गरेको छ । स्वास्थ्य परिक्षणका लागि इजरायल दूतावासले तोकेको स्वास्थ्य नेपाल इन्टरनेशनल क्लीनिक ट्राभल एण्ड माउण्टेन मेडिसियन सेन्टर लालदरबार, काठमाडौं र हिमाल पोलिक्लीनिक एण्ड रिसर्च सेन्टर सानोभर्‍याङ काठमाडौं रहेका छन् । -

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues