काठमाडौं, २४ माघ - बिवाहको सजिन चलिहरँदा सूनको मूल्य उच्च दरमा उकालो लागेको छ। साताको पहिलो दिन आइतबार सुन तोलाको ८ सय रुपैयाँले महंगिएको छ।
आज सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य बढ्दा माघ महिनामा बिवाह गर्नेहरु बढी प्रभावित भएका छन्। साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ५२ हजार ५ सय रुपैयाँका कारोबार भएको थियो। तर, आइतबार भने सुन एकैपटक ८ सय रुपैयाँले बढेको हो।
अमेरिकी डलर महँगिदै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि सुनको मूल्यमा वृद्धि हुने क्रम जारी छ। आइतबार तेजावी सुनको मूल्य तोलको ५३ हजार ५० रुपैयाँ पुगेको छ।
आइतबार चाँदी पनि महंगिएको छ। चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर ७ सय १५ रुपैयाँमा किनबेच भइहरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो। -
बिवाहको सजिन चलिहरँदा एकै दिन सुनको मुल्य ८ सय रुपैयाँले महंगियो :: Read
Don't Forget To Join US Our Community
Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues