बलिउडका महानायक अमिताभ बच्चन विगत केही दिनदेखि ओछ्यानबाट उठ्न नसक्ने गरी थला :: Read News

बलिउड अभिनेता अमिताभ बच्चन विगत केही दिनदेखि विरामीका कारण थला परेका छन् । आइतबार विहान अमिताभले आफ्नो ब्लगमार्फत आफू विरामी भएको जानकारी दिएका हुन् । ब्लग मार्फत आफू सामान्य बिरामी भएकोले चाँडै निको हुने पनि उनले लेखेका छन्।

भारतीय संचारमाध्यमहरुका अनुसार बिरामीकै कारण चिन्ता गर्नुपर्ने अवस्था नरहेपनि यही विरामीका कारण आफू ओछ्यानबाट उठ्न नसकेको पनि बच्चनले उल्लेख गरेका छन् । अभिताभ विरामीकै कारण कतिपय समारोहमा सहभागी हुन सकेका छैनन्।

शरीरमा दुखेको छ, साथै मन र आत्मा पनि शान्ति नभएको र परिवाजनसँग कुराकानी गर्नसमेत अप्ठ्यारो भइरहेको उनले लेखेका छन् । आफूमा देखिएको समस्या धेरै दिन भइसके पनि आफूलाई छिटै निको हुनमो आशावादी रहेको पनि अमिताभले लेखेका छन्।
- See more at: http://dcnepal.com/news/news.php?nid=194967#sthash.kSApDPAe.dpuf

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues