काठमाडौं, २६ माघ - सोमबार राति निधन भएका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्तिम संस्कार पर्सि बिहीबार गरिने भएको छ । १३ औं महाधिवेशनमा देशभर व्यस्त कार्यकर्ताहरु पनि श्रद्धाञ्जली दिन आउने भएकाले उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दुई दिनसम्म पार्टीको सानेपास्थित केन्द्रीय कार्यालयमा राखिने भएको हो।
सोमबार राति १२ बजेर ५० मिनेटमा निमोनियाका कारण ७९ वर्षमा निधन भएका उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि सानेपामा श्रद्धाञ्जलीका लागि राखिने भनिएपनि आफन्तहरु कोइराला निवास महाराजगन्जमा ढिलोसम्म आउने क्रम रहेपछि केहिबेर ढिलोगरी सानेपातर्फ लगिएको छ।
सभापति कोइरालाको निधनपछि फागुन २० बाट २३ सम्म हुन लागेको १३ औं महाधिवेशन पनि चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । कोइराला निवासमै भएको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले १३ दिनसम्म शोक मनाउने निर्णय गर्दै हाल जारी जिल्ला तथा क्षेत्रका अधिवेशन पनि यथाअवस्थामा स्थगित गर्ने निर्णय गरेको थियो। शब्द साभार - अन्नपूर्ण पोस्ट् -
सुशीलको अन्तिम दाहसंस्कार बिहीबार गरिने, दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने :: Read News >
Don't Forget To Join US Our Community
Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues

