काष्ठमण्डप एयरको जहाज दुर्घटना : यात्रुलाई बचाएर आफ्नो ज्यान गुमाए दुई चालकले :: Read More News>


काठमाडौं, १४ फागुन - नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले चालक दलका दुई सदस्यको मृत्युको पुष्टि गरेको हो। मृत्यु हुनेमा जहाज चालक दिनेश न्यौपाने र सह-चालक सन्तोष राना रहेका छन्।

नेपालगन्जबाट जुम्लाका लागि सो जहाज १२ बजेर ५ मिनेटमा नेपालगन्ज विमानस्थलबाट उडेको  जहाज कालिकोटको चिलयाखामा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

घाइते यात्रुहरूलाइ हेलिकप्टरबाट ल्याउने तयारी भइरहेके छ।कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते यात्रुको सामान्य उपचार गरिरहेको जानकारी दिए।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues