अाजकाे राशिफल वि.सं. २०७२ माघ २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ फेब्रुवरी ०९ तारिख,

आजको पञ्चाङ्ग
वि.सं. २०७२ माघ २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ फेब्रुवरी ०९ तारिख,

किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :— ११३६, (सिल्लाथ्व)


इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४० बजे र सूर्यास्त : साँझ ०५:४२ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:४८ बज


पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे
माघ शुक्लपक्षको प्रतिपदा तिथि, बेलुका ०७:४१ बजेसम्म, त्यसपछि द्वितीया तिथि,



धनिष्ठा नक्षत्र, साँझ ०५:२० बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
वरीयान् योग, दिउँसो ०१:११ बजेसम्म, त्यसपछि परिघ योग,

बालब करण, बेलुका ०७:४१ बजेसम्म त्यसपछि कौलव करण,
आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, नक्षत्रशूल : दक्षिण,


आजको व्रत÷पर्व : सोनम ल्होच्छार, श्री बल्लभाचार्य जयन्ती
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : चन्द्रोदय,

भोलिको मूहुर्त : ब्रतबन्ध (उपनयन), अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), दीक्षाग्रहण,
२८ गते : शुभविवाह,
२९ गते : देवघाटमा मकर स्नानको समाप्ति, तिलकुन्द चतुर्थी, अग्निवास(होमादि), दैलो राख्ने,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अध्ययन, अध्यापन वा आफ्नो जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा लाभ पाउनु हुन्छ । व्यवसायिक र सामाजिक क्षेत्रमा खटेजति सफलता प्राप्त हुनेछ, तर काम गर्नुअघि जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । धार्मिक, सामाजिक गतिविधिमा भुलिन सक्नुहुन्छ, मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । पारिवारिक समस्याहरू हल हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुहोला ।घरायसी कामधन्दामा केन्द्रित हुनुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यले चिन्तित तुल्याउने छ । विवाद, झैझगडामा समय र धन नष्ट हुनेछ, तर वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । प्रणयसुखका लागि अनुकूल समय छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला । प्रेमसम्बन्ध वा दाम्पत्य जीवनमा तिक्तता आउने छ । शारीरिक क्षमतामा ह्रास आउने छ, छटपटी र असन्तुष्टि बढ्ने छ । तर आज आमा वा मामाको सल्लाहमा गरिएको काममा फाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एकाबिहानै ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सुखभावमा बसेको चन्द्रमाका कारण आज कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन । शरीरमा आलस्यले डेरा जमाउने छ । घरायसी समस्यामा समय बित्नसक्छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । कामको अनावश्यक चाप बढ्ने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज गरेको लेनदेनको कारोबारमा भनेजस्तो लाभ नमिल्न सक्छ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ । भर्खर चिनजान भएको व्यक्तिउपर ठूलो भरोसा नराख्नु राम्रो हुन्छ, नयाँ मित्रले धोका दिन सक्छ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues