अाजकाे राशिफल वि.सं. २०७२ फाल्गुन १२ गते बुधबार तदनुसार ई. सं. २०१६ फेब्रुवरी २४ तारिख

वि.सं. २०७२ फाल्गुन १२ गते बुधबार तदनुसार ई. सं. २०१६
फेब्रुवरी २४ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण,
शिशिर ऋतु, ने.सं. :— ११३६, (सिल्लागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२८ बजे र
सूर्यास्त : साँझ ०५:५२ बज

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३७ बजे र
सूर्यास्त : साँझ ०५:५९ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४३
बजे र सूर्यास्त : साँझ ०६:०४ बजे
फाल्गुन कृष्णपक्षको द्वितीया तिथि, मध्यरात्रीपछि
०१:५९ बजेसम्म, त्यसपछि तृतीया तिथि,

पूर्वाफाल्गुनी नक्षत्र, बिहान ०८:३९ बजेसम्म, त्यसपछि
उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, दिउँसो
०३:१२ बजेसम्म, त्यसपछि कन्या राशिमा,
धृति योग, मध्यरात्रीपछि ०१:२९ बजेसम्म, त्यसपछि शूल
योग,
तैतिल करण, दिउँसो ०१:०६ बजेसम्म त्यसपछि गर करण,
आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा :
पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : उत्तर,
आजको मूहुर्त : दीक्षाग्रहण,


आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व
तथा शुभ मूहुर्त :
भोलिको मूहुर्त : ब्रतबन्ध (उपनयन), अन्नप्राशन
(पास्नी), अग्निवास(होमादि), पसल थाप्ने, गृहारम्भ,
शिलान्यास(जग राख्ने), वास्तुमुहूर्त, घर छाउने÷ढलान
गर्ने, दैलो राख्ने, दीक्षाग्रहण,
१४ गते : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), वास्तुमुहूर्त,
दैलो राख्ने,
१५ गते : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
गृहारम्भ, वास्तुमुहूर्त, घर छाउने÷ढलान गर्ने,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बेलुकाका
तुलनामा
बिहानको
समय
लाभदायक छ
। बिहानको
चिन्तन र
सोचले
समग्रमा
फाइदा नै
हुनेछ ।
छोराछोरीले खुसी तुल्याउने छन् । अपराह्नपछि
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ ।
शरीरमा अचानक आलस्यपना देखापर्ने छ । निराशा र
वैराग्यका भाव मँडारिन थाल्नेछन । आजका लागि
शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः
शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरपरिवारभित्र स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न
सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा
छलफल हुनसक्छ । छर–छिमेकमा असमझदारी बढ्ने
सम्भावना छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक
क्षेत्रमा सन्तोषजनक देखिन्छ । यात्राको सम्भावना छ
। साँझपख दार्शनिक वा बौद्धिक क्षेत्रमा राम्रो छ ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ ।
यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू
देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका
बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा
परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय
बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा
देखिन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र
चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको
कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
वित्तीय पक्ष
राम्रो छ ।
सभा–
समारोहमा
सहभागी हुनु
पर्ने वा
सामाजिक
काममा खट्नु
पर्ने दिन छ,
तर
आलोचकहरू
बढ्ने सम्भावना छ त्यसैले सचेत रहनु होला । सहयोगीहरू
पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ
नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट
काम सम्पादनका लागि राम्रो छ । आजका लागि
शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस
मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक
सहयोग बढ्ने
छ । मित्रवर्ग

बन्धुवान्धवले
राम्रो
सहयोग
प्रदान गर्नेछन्
। स्वादिष्ट
भोजनको
अनुकूलता
प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू
चुप लाग्नेछन् । कुनै भौतिक सामान खरिद गर्नका
लागि आज राम्रो दिन छ । धनागमका नयाँनयाँ मार्ग
पत्ता लाग्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग
सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिउँसोसम्म
विभिन्न
समस्याले मन
खिन्न हुनेछ ।
त्यसपछि
शरीरमा
उत्साह
देखिन सक्छ,
राम्रो
प्रतिफल
प्राप्त गर्न
सकिंदैन । साँझपख रमाइलोपन र विलासितातर्फ मन
आकर्षित हुनेछ, व्यक्तिगत खर्च बढ्ने छ । प्रतिस्पर्धी र
शत्रुले उकास्न सक्छन् । परपाहुनाको स्वागत सत्कार
गर्नुपर्छ । बन्दव्यापार फाइदा छैन । आजका लागि
शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पठनपाठन र
प्राज्ञिक
क्षेत्रबाट
लाभ लिन
सकिने छ ।
पशुपालन र
कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट
चिन्तनमूलक कार्य र दार्शनिक गतिविधिमा
सक्रियता बढ्ने छ । पेसा वा बन्दव्यापारमा
ध्यानकेन्द्रित हुँदैन, बरु आनन्दप्राप्ति र भोगविलासतर्फ
मन केन्द्रित हुनेछ । खर्च गर्न मन हौसिने छ । आजका
लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज
मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने
दिन हो । पापमतितर्फ आकर्षण तथा परोपकार र
धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुन
सक्छ, सचेत रहनु होला । झैझगडाबाट टाढा रहनु राम्रो
हो । चिन्तनमूलक काममा सफलता प्राप्त हुनेछ । प्रेम र
प्रणयतर्फ सफल हुनुहुन्न । आजका लागि शुभअङ्क ९ र
शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस
मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।



धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
ठूलाबडाको
साथसहयोग
पाइनेछ । नयाँ
ठाउँमा
निवेशको
वातावरण
बन्नेछ ।
मान्यजनको
आशीर्वचन
प्राप्त हुनेछ ।
भाग्यबलमा
अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक
गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम
सम्पादन गर्न मद्दत पाइने छ । लगानीमा रहेको रकम
उठाउन गरिएको प्रयास सफल हुनेछ । आजका लागि
शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः
यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन
तपाईंले
भाग्यबलमा
कमी भएको
अनुभूति
गर्नुहुनेछ ।
बन्दव्यापारमा उतारचढाव आउने छ, एकाएक घाटा
ब्यहोर्नु पर्ने अवस्थासमेत सिर्जना हुनसक्छ । तर
साँझपख निराशा र तनावको अन्त्य हुनसक्छ । दाम्पत्य
जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता
अपनाउनु बेस हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा
२३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिनको
सुरुवातमा मन
प्रफुल्ल रहने छ
र आत्मबल
बढ्नेछ ।
आफन्तबाट
सहयोग र
हौसला
प्राप्त हुने छ ।
घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । तर
बेलुकीपख के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।
स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ ।
मन भावना र कल्पनामा रुमल्लिन सक्छ । आजका लागि
शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा
उल्लास, हर्ष
र आनन्दको
वातावरण
प्राप्त हुनेछ ।
पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज
रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट
सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् ।
लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख
अनुकूल हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस
मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।



(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि,
नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी,
सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर
: ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई
आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना
गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक
गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि,
वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको
छ )

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues