दिमाग तेजिलो बनाउनुछ ? ८ घण्टा मज्जाले सुत्नुस्
जो मानिस नयाँ कुरा थाहा पाएसँगै वा सम्झिएसँगै ८ घण्टासम्म पर्याप्त सुत्दछन् उनीहरुले उक्त नयाँ कुरालाई धेरै समयसम्म स्मरण गर्न सक्छन् । यसका साथै उनीहरुको स्मरण शक्ति पनि राम्रो हुन्छ ।रातको गहिरो तथा पर्याप्त निद्राले सरीरमा विभिन्न खाले लाभ प्रदान गर्दछ । यसले सरीरको उर्जाको मात्रालाई बढाउनुका साथै मूडलाई पनि फ्रेस बनाउँदछ । साथै यसले मुटु स्वस्थ राख्नुका साथै, मस्तिष्क तथा वजनलाई समेत सन्तुलित बनाउँदछ ।अमेरिकाको बि्रघम एण्ड वुमन्स हस्पिटलका स्नायु वैज्ञानिक जेन एफ डफी सहितका शोधकर्ताहरुको टोलीले ८ घण्टाको निद्राले व्यक्तिको स्मरण शक्तिलाई तेजिलो बनाउन सहयोग गर्ने तथ्य पत्ता लगाएको हो । शोधकर्ताका अनुसार पर्याप्त निद्रा लिने व्यक्तिको स्मरण शक्ति बढि हुनुका साथै त्यस्ता व्यक्तिको आत्मविश्वास पनि बढि हुन्छ ।
शोधकर्ताहरुले अस्पतालको नियन्त्रिण वातावरणमा मानिसहरुमा परीक्षण गरेका थिए । उनीहरुलाई वयस्क मानिसका अनुहारवाला ६ सयवटा रंगीन चित्र देखाइएको थियो र त्यसमध्ये २० अनुहारलाई नाम सहित सम्झिनका लागि भनिएका थियो । त्यसको १२ घण्टापछि उनै चित्रहरुलाई सही तथा गलत नामका साथ देखाइयो । त्यसपछि उनीहरुलाई ८ घण्टासम्म सुत्न भनियो । ८ घण्टाको निद्रापछि सहभागीहरुलाई पूर्ववत रुपमा अनुहार चित्रको पहिचान गर्न लगाउँदा पहिले भन्दा १२ प्रतिशत बढि सही पहिचान गर्न सके ।यो शोधबाट पत्ता लागे अनुसार नयाँ कुराहरु याद गरेपछि पर्याप्त निद्रा लिइएमा त्यसको स्मरणमा निकै सुधार आउँदछ । नयाँ जानकारीको स्मरणका लागि पर्याप्त निद्रा अत्यावश्यक रहेको शोधकर्ता बताउँछन्। व्यस्तताका कारण अक्सर मानिसहरु राम्रोसँग सुत्न नपाउने र सोही कारण उनीहरुमा स्मरण सम्बन्धी विभिन्न समस्याहरु पैदा हुने गरेको पाइएको शोधकर्ताहरुले बताएका छन् ।

Don't Forget To Join US Our Community