एक अध्ययनको दावी : हिन्दु धर्मालम्वी सबै भन्दा खुसी

मिडिया एनपी, काठमाडौं, २१ माघ । वेलायतमा गरिएको एक अध्ययनले अरु धर्मालम्वीको तुलनामा हिन्दु धर्मालम्वी धेरै खुसी रहेको दावी गरिएको छ ।
वेलायतमा रहेका धर्मालम्वीहरुमा गरिएको अध्ययनले अरु धर्मालम्वीहरुको तुलनामा हिन्दु धर्मालम्वी खुसी रहेको दावी गरिएको हो । बेलायतको राष्ट्रिय तथ्यांक केन्द्रले बिहीबार सार्वजनिक गरिएको अध्ययनका अनुसार हिन्दु धर्मावलम्बी अरुभन्दा हाँसीखुसी रहने गरेको पाइएको छ ।
साथै धार्मिक आस्था भएकाभन्दा नभएका कम खुसी हुने पनि पाइएको उल्लेख गरिएको अध्ययनमा हिन्दुपछि खुसी रहनेहरूमा क्रिस्चियन त्यसपछि सिख र बुद्धमार्गी रहेका जनाइएको छ । तथ्यांक केन्द्रले बेलायतका तीन लाखभन्दा बढी युवामा सर्वेक्षण गरेको उक्त अध्ययनले सूचीकृत धर्मावलम्बीमध्ये सबैभन्दा बेखुसी रहनेहरू मुस्लिमलाई ठहर गरेको छ ।
तीन वर्ष लगाएर गरिएको सो अध्ययनले उमेरका आधारमा हेर्दा ६५ देखि ७९ वर्षका वृद्धवृद्धामा खुसीको सबैभन्दा उच्च तह भेटिएको ४५ देखि ५९ वर्षका व्यक्ति सबैभन्दा बेखुसी रहने गरेको निष्कर्ष निकालेको छ

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues