अमेरिकाबाट नेपाललाई ६६ बस्तुको व्यापारमा विशेष छुट,ओवामाबाट नेपाल ट्रेड प्रेफरेन्सेस बिलमा हस्ताक्षर

काठमाडौं: अमेरिकाले आगामी १० वर्षसम्मका लागि नेपाललाई ६६ वटा बस्तुको व्यापारमा विशेष छुट दिने निर्णय गरेको छ। 
 अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) कानुनमा बुधबार हस्ताक्षर गरेपछि नेपालले ६६ वटा बस्तुको ब्यापारमा विशेष छुट पाउने भएको हो ।

ओबामाले हस्ताक्षर गरेपछि लागू भएको उक्त कानुनबाट अमेरिकाले गलैँचा, टोपी, च्यादर, गलबन्दी र यात्रा सामग्री लगायत ६६ प्रकारका सामग्रीहरूका हकमा नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराउनेछ ।

ओबामाले नेपाल कार्यक्रमलाई १० वर्षका निम्ति स्वीकृति प्रदान गरेकाहुन् । गत वैशाखको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने गरी उक्त कार्यक्रम तर्जुमा भएको हो । 

जनरल सिस्टम अफ प्रेफरेन्सेस (जिएसपी) अन्तर्गतका सुविधाका लागि हालसम्म अयोग्य रहेका नेपाली निर्यात सामग्रीरूलाई उक्त कार्यक्रमले भन्सार छुट सुविधा उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । 

नेपाल ट्रेड प्रेफरेन्सेस लेजिस्लेसनले व्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृति प्रदान गरिएको छ ।

जुन कार्यक्रम नेपाललाई विश्‍व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौता (टिएफए) को कार्यान्वयनमा सघाउने कार्यमा केन्द्रित छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues