साताको पहिलो दिन देखि स्थिर रहेको सुनको भाउ मङ्गलबार भने २ सयले उकालो लागेको छ । मङ्गलबार सुनको भाउ बढेसँगै सुन प्रतितोला ५५ हजार ७ सय रुपैया निर्धारण भएको नेपाल सुनचाादी व्यवसायीले जनाएको छ ।गत शुक्रबार प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतवार पनि सोही भाउमा कारोबार भएको थियो । सोमबार सुनको भाउ उकालो लाग्ने या त ओराले भन्ने अन्यौलमा सुनचाँदी व्यवसायी रहँदा सोमबार पनि सुनको भाउ सोहि मुल्यमा कारोवार भएको थियो । तर, मङ्गलबार सुनको भाउ २ सयले बढेर ५५ हजार ७ सय रुपैयामा कारोवार भएको छ । पछिल्लो समय डलरको भाउ र अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको उत्तारचढावको कारण नेपाली बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको भाउ पनि ५ रुपैयाले बृद्धि भएको छ । सोमवार ५ रुपैयाँले घटेको चाँदीको भाउ मङ्गलबार ५ रुपैयाले बढेर ७ सय ३५ रुपैयामा कारोवर भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । -
सुनको भाउ फेरी बढ्यो ,आज को रेट कति ?
Don't Forget To Join US Our Community
Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues

