मधेस आन्दोलनमा गद्धार गरेको भन्दै मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई मधेस प्रवेशमा रोक लगाउने तयारी

मोर्चा सम्बद्ध अन्य पार्टीका नेताले मधेस आन्दोलनप्रति गद्धार गरेको भन्दै उनलाई मधेस प्रवेशमा रोक लगाउने तयारी गरिएको मोर्चाका एक नेताले काठमाण्डु टुडेलाई बताए । उनले भने, ‘मधेस आन्दोलन एउटा बिन्दुमा पुग्न लागेका बेला महतोजीले गद्धार गर्नुभयो । हामीले उहाँलाई मधेस प्रवेशमा रोक लगाउने तयारी स्वरुप छलफल गरेका छौा । मोर्चाको बैठक बसी छिट्टै यस विषयमा उचित निर्णय लिनेछौँ ।’
साथै महतोलाई मोर्चाबाट अलग गर्ने तयारी समेत गरिएको छ । महतोले नाकाबन्दीका कारण जनताले धेरै दुःख पाएको भन्दै वीरगञ्ज नाका खोल्नुपर्ने अभिब्यक्ति दिएका थिए ।
स्रोतका अनुसार नाकामा धर्नामा रहेका मोर्चाका कार्यकर्तालाई हटाएर नाका खोलेपछि पुनः नाका बन्द गराउने तयारी गरिएको थियो । तर, यसमा महतोले असहयोग गरेका थिए ।
Don't Forget To Join US Our Community