दृष्टिविहिन अमितले चढ्दै विश्वको अग्लो शिखर सगरमाथा - See more at:


काठमाण्डौ। सपाङगले विश्वको अग्लो सगरमाथा धेरैले चढे । धेरैले सफलता हासिल पनि गरे । त्यहि क्रममा दृष्टिविहिन अमित केसीले विश्वको अग्लो शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।
उनले नेपालको पहिलो दृष्टिविहिनको रुपमा सगरमाथाको आरोहण गर्न लागेका हुन् । एक भिडियो सन्देश मार्फत उनले यस्तो जानकारी दिए । भिडियोमा उनले बताए अनुसार देश भित्र र बाहिर रहेका व्यक्तिहरुको सहयोगमा हिमालय नेक्टेक्सीसँग मिलेर हालै ६ हजार १ सय ८० मिटर लामो आइलेम्पिकको सफल आरोहण पनि गरेको बताए ।
उनले गहभरी आँसु पार्दै आगामी दिनहरुमा सबैको साथ र सहयोग रहनेमा विश्वास पनि व्यक्त गरेका छन् । उनले भने -‘सम्पुर्णको सहयोग रह्यो भने म चाँडै विश्वको अग्लो शिखर सगरमाथामा नेपालको झण्डा फहराउने छु । सगरमाथाको आरोहणबाट म विश्वभरमा सपाङगले मात्र होइन अपाङगले पनि धेरै गर्न सक्छन् भनेर देखाउन चाहन्छु ।’ उनले आफु कहिले सगरमाथाको आरोहण गर्न लागेको नखुलाएपनि चाँडै सगरमाथाको आरोहण गर्ने भिडियोमा बताएका छन् 

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues