नेपाली बजारमा बुधबार सुनको भाउ अघिल्ला केहिदिनको तुलनामा घटेको छ - See more at: http://medianp.com/2016/01/78073.html#sthash.tlqE6Y5z.dpuf
मिडिया एनपी, काठमाडौं, २९ पुस । नेपाली बजारमा बुधबार सुनको भाउ अघिल्ला केहिदिनको तुलनामा घटेको । केहि दिनयता लगातार रुपमा बढिरहेको सुनको मुल्य बुधबार तोलामा ६ सय रुपैयाँले घटेर ४९ हजार एकसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ १३ डलरले घटेको र डलरको भाउमा पनि गिरावट आएका कारण नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । मंगलबार तोलामा ४९ हजार ७ सयमा कारोबार भएको सुन सोमबार तोलाको ४९ हजार ९ सय थियो । माग अनुसारको आपूर्ति नहुँदा चाँदीको भाउ भने झण्डै एक महिनादेखि स्थिर रहेको छ । चाँदी ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
Don't Forget To Join US Our Community