वि.सं. २०७२ साल पुस २९ गते। बुधबार। हेर्नुहोस् आजको राशिफल Read more

श्री सूर्य दक्षिणायन, हेमन्त ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल पुष २९ गते बुधवार नेपाल सम्बत ११३६ पोहेलाथ्व, सन् २०१६ जनवरी १३ तारिक शुक्लपक्ष चौथि तिथि राती २ वजेर १८ मिनेटसम्म, धनेष्ठा नक्षत्र विहान ९ वजेर २ मिनेटसम्म, व्याघातयोग राती ४ वजेर ५ मिनेटसम्म, वणिज करण अपरान्ह ३ वजेर १६ मिनेटसम्म, आनन्दादियोग मित्र,सूर्य धनु राशीमा, चन्द्रमा कुम्भ राशीमा ।
मेषः– आकस्मिक आम्दानीको योग देखिन्छ । बक्यौता रकम पनि उठाउन सकिने छ । घर परिवारबाट सुख शान्ति मिल्नेछ । नोकरीमा अवसर तथा राजनीतिमा विजय यात्रा शुरु हुने छ ।
वृषः– मनोवञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्ने छ । नाकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुन सक्छ । स्वदेश मात्र होइन वैदेशिक कामबाट पनि लाभान्वित भइने छ ।
मिथुनः– सोच विचार काम गर्नु होला । अरुले धोका दिन सक्छन् चनाखो रहनु होला । इज्जत प्रतिष्ठा गिराउन खोज्ने छन् । आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ ।
कर्कटः– समय प्रतिकुल छ । काम गरेर उपलब्धि हात लाग्यो शून्य होला । व्यापार व्यवसायमा आएको मन्दि काय रहन सक्छ । स्वास्थ्यमा असर पर्ने छ । आर्थिक संकट आर्ई लाग्न सक्छ ।
सिंहः– प्रेमम सफल हुनुहुनेछ । जीवन साथिबाट सहयोग पाईने छ । व्यापारबाट आय आर्जन राम्रो हुने छ,उपेक्षा गरेर काम नगर्नु होला । हरेक काम गर्दा संवेदनशिल हुनु आवस्यक छ ।
कन्याः– उच्च मनोबलका साथ काम गर्नु होला । स्वाथ्यमा सुधार आउने छ । प्रतिश्पर्धामा अगाडि हुनुहुने छ । इच्छाशक्ति बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ ।
तुलाः– अन्योलमा नपरि काम गर्नु होला । पढाई लेखाईमा प्रगति हुने छ । समयको गति सँग हिड्न सकिएन भने पछि परिने छ,आफुले लिने ठाँउ अरुले लिने छन् । व्यापारबाट सन्तुष्टि मिल्ने छैन ।
वृश्चिकः– परिवारिक सुख मिल्ने छ । काम गर्ने जोश जागर भने घट्न सक्छ । विलासिता तिर मन आकर्षित हुने छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायबाट कम लाभ होला ।
धनुः–कार्य क्षमता घट्ने छैन । आर्थिक राहतका कार्यक्रम अगाडि बढ्ने छन् । सवैलाई आफन्त र सवैलाई पराई नसंझनु होला । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला ।
मकरः– संचित धन बढ्ने छ । आफन्तबाट सहयोग सहनुभूति मिल्ने छ । वोलिका कारण टाढाका पनि नजिक हुने छन् ।आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु आवश्यक छ ।
कुम्भः– उच्च आकांक्षाका साथ काममा लागिने छ र सफलता पनि मिल्ने देखिन्छ । काम गरे प्रशस्त पैसा कमाउन सकिने छ । लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चताप हुृनेछ ।
मिनः– दिन सामान्य देखिन्छ । खर्चको मात्रा बढ्न सक्छ । आफन्तसँगको भेटघाटमा समय र धन बढि खर्र्च हुने देखिन्छ । व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन ।
– ज्योतिषीः वेदनिधी तिमिल्सिना, पोखरा सम्पर्क नं. :– ९८५६०२६३९७

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues