महोत्तरीको बर्दिवास नगरपालिका २ का ३५ बर्षीय रामप्रित सदा मुसहरको एउटा सानो झुप्डी छ ।
रामप्रित झुपडीमा परिवारका ६ जना सदस्य रात बिताउँछन् । घामै लाग्दा पनि जाडो हुने बेला न्यानो ओढ्ने ओछ्याउने नहुँदा उनीहरु राम्रोसँग निदाउन सकेका छैनन् । झुपडी बाहेक जग्गा जमीन पनि छैन । पुस माघको लुगलुग कापने कठ्याङग्रीदो जाडोमा न्यानो ओड्ने औछ्याउनेको अभावमा सदाका परिवारका सदस्यहरु महिनौ दिन देखि मस्तले निदाउन सकेका छैन । दिनभरी जंगल गएर ल्याएको दाउरा बिक्री गरेर आएको आम्दानीले चुलोमा आगो बल्छ । जंगलबाट दाउरा ल्याउन र बिक्री गर्न नसकेको दिन चुलो बल्न सक्दैन । मधेशी दलित समुदायका सदा मुसहर समुदायको एउटा प्रतिनिधि पात्र मात्र हुन् ।
उनीजस्ता जस्ता त्यस वस्तीका झण्डै ६० घरधुरीका ४ सय २० जना बासिन्दा चिसोमा कष्टकर जीवन बिताउन बाध्य छन् । पूर्व पश्चिम राजमार्ग सरसफाई अभियानमा निस्केका हाँस्यजोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली केही दिनअघि त्यस बस्तीमा पुगेका थिए ।
सिंगो मुसहर बस्ती १८ वर्षका किशोर मञ्जय सदा मात्रै साक्षर छन् । लक्ष्मी सदाको छोरा मञ्जय आफ्नो घरनजिकैको जनता उच्च माविमा कक्षा ११ मा वाणिज्य संकायमा पढै्छन् । मञ्जयको प्रभावले बस्तीका पाँच–सात जना बालबालिका महिनामा दुई–चार दिन विद्यालय त जान्छन् तर, कसैले पनि साउँ अक्षर खुट्याउनसम्म जानेका छैनन् । मुसहर बस्तीका बालबालिका गाउँ छेउमै रहेको स्कूलमा किन पढ्न जाँदैनन् भनेर धुर्मुस र सुन्तली जनता उच्च मावि बर्दिवासमा पुगेका थिए ।

