मिडिया एनपी, काठमाडौं, २८ पुष । प्रेम र युद्धमा सबै जायज हुन्छ भनिन्छ । आफ्नो प्रेमलाई सफल पार्न हरप्रकारका उपाय अपनाइन्छ । प्रेमको बाधक बने आफ्नो परिवार, साथीभाइ, जागिर सब छाड्न पछि पर्दैनन् । तर, भारतमा एक युवकले आफ्नो प्रेमलाई सफल पार्न लिङ्ग परिवर्तन गरेका छन् ।
Gaurab
केही वर्ष अघि पाकिस्तानका एक युवकसँग सामाजिक सञ्जाल मार्फत भारत लखउनका गौरव नाम गरेका युवक प्रेम बस्यो । दुवै एकअर्कालाई प्रेम, माया मात्रै गर्न थालेनन् एकअर्का बिना बाँच्न पनि नसक्ने भए ।
यता गौरवको परिवारमा उनको विवाहका लागि केटीको खोजी हुन थाल्यो । तर, गौरव आफ्ना पाकिस्तानी प्रेमी त्याग्न नसक्ने स्थितिमा थिए । यसपछि गौरवले प्रेमलाई सफल पार्न मुम्बईमा जटिल सर्जरी गरेर लिङ्ग पविर्तन गर्ने निर्णय गरे । र करिब आठ लाख रुपैयाँ खर्च गरेर लिङ्ग परिवर्तन गर्दै गौरव केटी बने ।
यता प्रत्यक्ष रुपमा नभेटिएपनि स्काइप मात्रै एकअर्कालाई देखेका उनीहरु बीच लिङ्ग परिवर्तन पछि गौरवको अनुहारको विषयलाई कुराकानी भयो । तत् पश्चात उनले आफ्ना पाकिस्तानी प्रेमीलाई आफूले प्रेम सफल पार्न लिङ्ग परिवर्तन गरेको जानकारी गराए । गौरवले लिङ्ग परिवर्तन गरेर केटी बनेपछि आउँदो मार्चमा उनीहरुबीच पहिलो भेट हुँदैछ भने त्यसपछि विवाह गर्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आफ्नो प्रेमलाई सफल पार्न युवकले गरे लिङ्ग परिवर्तन
Don't Forget To Join US Our Community
Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues

